२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
अ अ+ अ-

काठमाडाैँ । म्याग्दीकाे बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुङ्गाको स्ल्याप बिछ्याउन थालिएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो ।

रु ६४ लाख सात हजार लागत अनुमान गरिएको गलेश्वर बजार सौन्दर्यकरण योजना निर्माणका लागि गत मङ्सिर महिनामा रिभर इडेग इन्जिनियरिङ एण्ड बिल्डर्सले रु ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको थियो ।

योजनामार्फत गलेश्वर मन्दिरको प्रवेशद्वारदेखि बसपार्कतर्फ ढुङ्गा बिछ्याउने काम सुरु भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो । गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा गत वर्षदेखि सुरु भएको यो योजनाले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ ।

यस वर्ष दुई ९५ मिटर दूरी सडकमा एक हजार सात सय १८ दशमलव पाँच घनमिटर ‘स्लेट’ ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण हुने बेनी नगरपालिकाका सव इञ्जिनियर मिलन केसीले बताउनुभयो । गत वर्ष गलेश्वर प्रवेशद्वारदेखि मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुईँमा ढलान र कालोपत्रको विकल्पमा दुई इञ्च बाक्लो ‘कटिङ’ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भैरहेको छ । मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सुरु गरिएको सौन्दर्यकरणको योजनालाई निरन्तरता दिने वडाध्यक्ष केसीले बताए।

गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्याएपछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी कोरिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उनले बताए । भुर्इँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ढाँचा गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ ।