१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

लाइसेन्स सास्ती: स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना लाग्ने

लाइसेन्स सास्ती: स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना लाग्ने
अ अ+ अ-

काठमाडौं। ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुनुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् । सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो ।यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ । तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ ।

विभागका प्रवक्ता तीर्थराज खनालले हाल ५ हजारमाथि स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको बताए । आधुनिक मेसिनले प्रतिघण्टा ४५० प्रति स्मार्ट लाइसेन्स छाप्न सक्ने क्षमता भए पनि हाल त्यसको आधा मात्र छाप्ने काम भइरहेको हो । प्रवक्ता खनालले हाल दुई सिफ्टमा छपाइ भइरहेको बताए । उनले तीन सिफ्टमा छाप्ने योजना रहे पनि प्राविधिकको अभावमा अर्को सिफ्ट चलाउन नसकिएको बताए । मेसिन चलाउन सिक्ने भन्दै केही समय अघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिवको टोली युरोप घुमेर फर्केको थियो ।

विभागले तीन महिनाअघि इटालीमा बनेको माटिका कम्पनीको मास प्रिन्टर करिब ७ करोडमा किनेको थियो । सोही मेसिन चलाउन भन्दै यातायात विभागका महानिर्देशक, मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव, तत्कालीन यातायातमन्त्री रघुवीर महासेठका निजी सचिवलगायत टोली इटाली पुगेको थियो । सो टोलीमा विभागका इन्जिनियर केशव गौतम मात्र प्राविधिक रहेका थिए ।

हाल विभागमा ८ लाख बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको छ । अहिलेको मेसिन लगातार सञ्चालन भएमा मात्र ६ महिनामा नयाँ तथा नवीकरणका लागि लाइसेन्सका लागि निवेदन दिएका सबै आवेदकको हातमा स्मार्ट लाइसेन्स आउनेछ । हाल विभागबाट कसैलाई भनसुनको आधारमा तोक आदेश गराएर लाइसेन्स बाडिँदै छ भने कसैले एक वर्ष कुर्दा पनि लाइसेन्स पाएका छैनन् ।देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुने गरेको छ ।

लाइसेन्स प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुने गरेको छ । लाइसेन्सका लागि सेवाग्राहीको सबै कार्यालयमा चाप बढेकाले माग दिनप्रतिदिन थपिरहेको छ । यसअघि सरकारले कागजी लाइसेन्स हटाएर देशव्यापी रूपमा स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने नीति लिएको थियो । राजधानी दैनिकबाट