१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेष्टर युनाईटेडमाथी आर्सनलको शानदार जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले म्यान्चेष्टर युनाईटेड क्लबलाई २–० गोल अन्तरले हराउँदै जित निकालेको हो ।आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरेका थिए ।खेलको आठौं मिनेटमा निकोलासले लण्डन क्लबलाई अग्रता दिलाएका थिए । चालू सिजनमा उनको यो पाँचौ गोल हो ।

४२ औं मिनेटमा पापस्तथोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए ।आले गुनर सोल्सायरले पछिल्लो नौ खेलमा मात्र एक खेलमा हार ब्यहोरेका छन् । युनाईटेडले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गरेको थियो । तर उसले लण्डन क्लबको डिफेन्स लाइन तोड्न भने सकेन ।

लण्डन क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीमा आएका मिकेल अर्टेटाले पहिलो जित निकालेका छन् । जितसंगै आसएनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।