१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु–कश्मीर मुठभेडमा गोरखाका अर्जुन थापा मगरको मृत्यु



अ+ अ-

भारतको जम्मु–कश्मीरमा भारत र पाकिस्तानका सैनिकबीच भिड्न्त हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बुधबार भारत र पाकिस्तानका सैनिकबीचको मुठभेडमा नेपालका अर्जुन थापा मगरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ वर्षकै पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा भिड्न्त हुँदा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् ।

अर्जुनसँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि मृत्यु भएको छ । गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए । भारतीय सेनाले अर्जुनका परिवारलाई घटनाबारे जानकारी दिइसकेको बताइएको छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ ।

नेपाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने जनाइएको छ । बुधबार जम्मु–कश्मीरको राजौरी जिल्लाको नौशहरामा भारत र पाकिस्तानी सेनाहरु बिच मुठभेड भएको थियो ।