२२ श्रावण २०८३, शुक्रबार
,
Latest
आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा मोबाइल सेवाको गुणस्तर सुधार गर्न दूरसञ्चार प्राधिकरणको ८ बुँदे निर्देशन, प्रमुख शहरबाट ५जी सेवा सुरु… शासकीय अराजकतातर्फ सरकार उन्मुख, विधिको शासन कमजोर बन्यो : सभापति थापा एलपीजी ग्यास लुकाएर बिक्री गरे कडा कारबाही, उपभोक्तालाई नआत्तिन विभागको आग्रह ढल्केवर ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिन सरकारलाई सभामुखको निर्देशन हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर योजना अन्यत्र सार्न खोजेको भन्दै सांसद यादवको आपत्ति काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छः महामन्त्री पौडेल ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णयको विरोधमा आन्दोलनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु, पहिचान खुल्न बाँकी



अ+ अ-

काठमाडौँ: इरानले हिजो गरेको आक्रमणमा परी संयुक्त अरब इमिरेट्स, युएईमा एकजना नेपालीको ज्यान गएको छ । यस विषयको जानकारी युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले दिनुभएको छ ।

हिजो भएको सो आक्रमणमा परेर एक पाकिस्तानी, एक बंगलादेशी र एकजना नेपालीको ज्यान गएको जानकारी युएईको रक्षा मन्त्रालयले आज एक विज्ञप्तिमार्फत् दिएको बताइएको छ । तर ती नेपालीको पहिचान भने खुलेको छैन ।

सो आक्रमणमा परी अरु कम्तीमा ५८ जना घाइते भएको बताइएको छ । ती घाइतेमा नेपाली भए नभएको भने खुल्न नसकेको राजदूत क्षेत्रीले बताए ।

अमेरिका र इजरायलले संयुक्त रुपमा हिजो इरानमा हवाई हमला गरेपछि त्यसको प्रतिकारस्वरुप यता इरानले पनि अमेरिकी सैनिक क्याम्प रहेका कतार, युएई र बहराइनमा एक्कासी हमला गरेको थियो ।

तर ती हमलामध्ये अधिकांशलाई भने ती देशका प्रतिरक्षा प्रणालीहरुले निस्तेज पारेको बताइएको छ ।

(Photo by Ilia YEFIMOVICH / AFP)