३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष

आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताउनुभएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापतिक थापाले पार्टीलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गरिने स्पष्ट पार्नुभयो ।

उहाँले केवल चुनावी प्रतिष्पर्धा मात्र नभई, निर्वाचित हुने जनप्रतिनिधिहरूलाई शासन सञ्चालनका लागि दक्ष बनाउन विशेष प्रशिक्षणको समेत योजना रहेको जानकारी दिनुभयो । सो अवसरमा सभापति थापाले आदिवासी जनजाति महासंघको नेतृत्वलाई स्थानीय तथा प्रदेश तहमा नेतृत्व लिन इच्छुक र योग्य व्यक्तिहरूलाई पहिचान गरी पार्टीको यस अभियानमा जोड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी आगामी दिनमा मेयर, उपमेयर र वडा अध्यक्षका प्रत्यासीहरूलाई प्रशिक्षित र तयार गर्न चाहन्छौं । नेतृत्वका लागि असल नियत मात्र पर्याप्त हुँदैन । पदमा पुग्ने व्यक्तिलाई ऐन–कानूनका साथै सार्वजनिक नीति (पब्लिक पोलिसी), सार्वजनिक वित्त (पब्लिक फाइनान्स) र सिमित स्रोत–साधनको प्रभावकारी परिचालन कसरी गर्ने भन्ने विषयमा आधारभूत ज्ञान र जानकारी हुन आवश्यक छ ।’

संगठनले सिफारिस गर्ने योग्य व्यक्तित्वहरूकै आधारमा आगामी निर्वाचनका लागि सक्षम उम्मेदवारहरू तय गरिने उहाँको भनाइ छ ।