२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल



0-0x0-0-0#
अ+ अ-

बाजुरा। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार कानुन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सुदूरपश्चिमको बाजुरामा निर्वाचन अघि शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन पुग्नुभएका गृहमन्त्री अर्यालले कानुन विपरितका कार्य कसैले पनि नगर्न आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षी बैठकमा मन्त्री अर्यालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि बनेको सरकारले निर्वाचनको जिम्मेवारी लिएकाले निर्वाचन नहुनेमा कुनै शंका नगर्न गृहमन्त्री अर्यालले आग्रह गर्नुभयो । निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पाएकाले हदैसम्म सहजीकरण गर्न सरकार पछि नहट्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री अर्यालले राजनितिक र प्रशासनिक सुशासन प्रत्याभूत गराउन निर्वाचन आवश्यक भएको बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीलाई कोही कसैको पनि पक्षधर नबन्न उहाँले निर्देशन दिनुभयो । उहाँले सुरक्षाकर्मी र नागरिक माथि कुनै किसिमको हिंसा हुन नदिन जिल्लामा दलहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

गहृमन्त्री अर्याल तथा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोली जिल्ला आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।  रासस




भर्खरै