२४ श्रावण २०८३, आईतवार
,
Latest
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ अंकले बढ्यो नेप्से



अ+ अ-

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ३६ करोड ५ लाख ३ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.१६ प्रतिशतले घटेको छ ।

कुल ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।