२४ श्रावण २०८३, आईतवार
,
Latest
प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व तनावको असर : कतार एयरलाइन्स हात्तिसारमा भिड (फोटो फिचर)



अ+ अ-

काठमाडौ। मध्यपूर्वका देशहरूमा बढेको तनावको प्रत्यक्ष असर नेपालको हवाई यातायातमा देखिएको छ । उक्त क्षेत्रका विभिन्न सात वटा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुँदै आएका उडानहरू पनि प्रभावित भएका छन्  ।

सारजहा, दोहा, दुबई, कुवेत सिटी, आबुधाबी, कतार र दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट ती गन्तव्यतर्फका उडान रद्द गरिएको हो । उडान अचानक रद्द हुँदा शनिबारदेखि नै यात्रुहरू अलपत्र परेका छन् ।

उडानको स्पष्ट जानकारी नपाउँदा आइतबार बिहान राजधानीको हात्तिसारस्थित कतार एयरलाइन्सको कार्यालयमा यात्रुहरूको भीड लागेको छ । उडान कहिले खुल्ने, टिकटको अवस्था के हुने भन्ने अन्योलका कारण यात्रुहरू कार्यालय वरपर यताउता गरिरहेका देखिन्छन् । उडान रद्दले वैदेशिक रोजगारी, उपचार र अध्ययनका लागि विदेश जान लागेका यात्रुहरू थप समस्यामा परेका छन् ।