३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत



अ+ अ-

काठमडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

आइएमएफ एक्सटेन्डेड फन्ड फेसिलिटी (इएफएफ) अन्तर्गतको यो कार्यक्रम युक्रेनका लागि एक खर्ब ३६ अर्ब ५० करोड डलरको अन्तर्राष्ट्रिय समर्थन प्याकेजको एक हिस्सा भएको जनाइएको छ ।

यसको उद्देश्य युक्रेनको समग्र आर्थिक र वित्तीय स्थिरतालाई सुदृढ पार्नु र शासन लगायत संरचनात्मक सुधारहरूलाई अगाडि बढाउनु रहेको जनाइएको छ ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार, कार्यक्रमको समग्र आर्थिक प्राथमिकताहरूमा विवेकपूर्ण वित्तीय नीति कार्यान्वयन, मूल्य स्थिरता सुनिश्चित गर्ने, र बाह्य असन्तुलन रोक्न, विनिमय दरमा सहजता अभिवृद्धि गर्ने लगायतका विषय समावेश छन् ।

एक अर्ब ५० करोड डलरको कार्यक्रमको पहिलो किस्ता निकट भविष्यमा नै वितरण हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

रूस–युक्रेन द्वन्द्वको सक्रिय चरण अन्त्य हुने परिदृश्यमा भविष्यवाणी गरिएको सन् २०२३ मा युक्रेनका लागि स्वीकृत गरिएको अघिल्लो आइएमएफ वित्तपोषण कार्यक्रम रद्द गरिएको थियो ।