काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेन्जी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नो निवासको स्थलगत अवलोकन गर्नुभएको छ।
आन्दोलनकारीले भदौ २४ गते पूर्वराष्ट्रपति भण्डारीको चपलीस्थित भंगालमा रहेको निवासमा आगजनी गरेको थियो ।
आज बिहान उहाँले जलेको निवासको स्थलगत अवलोकन गर्नुभएको हो ।














