१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

थाइल्याण्डमा प्रधानमन्त्री चर्नविराकुलकाको भुमजैथाई पार्टीको जितको औपचारिक घोषणा

थाइल्याण्डमा प्रधानमन्त्री चर्नविराकुलकाको भुमजैथाई पार्टीको जितको औपचारिक घोषणा
फाइल फोटो
अ अ+ अ-

बैङ्कक। थाइल्यान्डको निर्वाचन आयोगले कार्यवाहक प्रधानमन्त्री अनुतिन चर्नविराकुलको कन्जरभेटिभ पार्टीको विजयको बुधबार औपचारिक घोषणा गरेको छ ।

आयोगले ५०० सिटको तल्लो सदनमा ३९६ नवनिर्वाचित सांसदहरूको परिणाम प्रमाणित गरेको छ, जसमा अनुतिनको भुमजैथाई पार्टीले सबैभन्दा बढी १७० निर्वाचन क्षेत्र जितेको छ ।

पिपुल्स पार्टी ८८ निर्वाचन क्षेत्रसहित दोस्रो स्थानमा रहेको आयोगले जनाएको छ । जेलमा रहेका पूर्व नेता थाक्सिन सिनावात्राको पपुलिस्ट पार्टी फेउ थाई पार्टीले ५८ सिटका साथ तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।

यही फेब्रुअरी ८ मा सम्पन्न निर्वाचनमा कुनै पनि पार्टीले पूर्ण बहुमत नपाएपछि भुम्जैथाई र फेउ थाई गठबन्धन बनाउन सहमत भएका छन् ।

गठबन्धनमा धेरै साना पार्टीहरू पनि सामेल हुने भुमजैथाईले जनाएको छ ।

गत वर्ष कम्बोडियासँग दुई चरणको घातक सीमा भिडन्तपछि राष्ट्रवादको लहरमा सवार हुँदै सेना समर्थक र राजतन्त्र समर्थक पार्टीले अहिलेसम्मकै उत्कृष्ट चुनावी प्रदर्शन गरेको थियो।

थाइल्यान्डको २१ औं शताब्दीको सबैभन्दा सफल पार्टी फेउ थाईको चुनावी परिणाम अहिलेसम्मकै खराब देखिएको छ ।

आफ्ना पूर्ववर्ती फेउ थाईका पेतोङटार्न शिनावात्राको छिमेकी मुलुकका नेतासँगको गोप्य फोनवार्ता सार्वजनिक भएपछि अनुतिनले गत जुनमा सत्ताबाट बाहिरिनुभएको थियो ।

उक्त फोनमा उहाँले कम्बोडियाका पूर्व नेता हुन सुनलाई ‘अङ्कल’ र थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भन्नुभएको थियो ।

देशको ४०० निर्वाचन क्षेत्रहरूमध्ये तीन निर्वाचन क्षेत्रमा खसेको मतको गणना प्रक्रियाको पारदर्शिताको बारेमा विवाद भएपछि त्यहाँ पुनः मतगणना भएको छ।

विवादित उत्तरी थाइल्यान्डको एक मतदान केन्द्रमा मतदाताहरूले मार्च १ मा पुनः मतदान गर्नेछन् । उक्त मतदान केन्द्रमा चुनावको दिन मतदानस्थलमा भएको मतदान र मतदानका लागि त्यहाँ पुगेका व्यक्तिहरूको सङ्ख्या गणनाका लागि प्राप्त मतपत्रसँग मेल खाँदैन ।

निर्वाचन आयोगले आफ्नो पार्टीको उम्मेद्वार सूचीबाट निर्वाचित राजनीतिज्ञहरूका लागि आरक्षित १०० सिटहरूको विजेताको पुष्टि गर्न बाँकी छ, तर प्रारम्भिक परिणामले कुल अनुमानित सिट गणनामा भुमजैथाई प्रत्यक्षसहित १९० भन्दा बढी सिट सङ्ख्यामा धेरै अगाडि रहेको देखाएको छ।

आयोगको प्रारम्भिक मतपरिणामअनुसार पिपुल्स पार्टीले १२० सिट जितेको छ भने फेउ थाईले ८० भन्दा कम सिट जितेको छ ।

नयाँ संसद्को बैठक बोलाएर सभामुख र प्रधानमन्त्री चयन गर्नुअघि ९५ प्रतिशत सांसदको निर्वाचन प्रमाणित गर्नुपर्ने हुन्छ ।  (रासस/एएफपी)