२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

मिथिलाञ्चलमा आजदेखि होली

मिथिलाञ्चलमा आजदेखि होली
अ अ+ अ-

काठमाडाैँ । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रूपमा सुरु भएको छ ।

पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा धार्मिक अनुष्ठान गर्दै आज बिहान भगवान् मिथिलाविहारी (रामचन्द्र)ले किशोरीजी (माता सीता)सँग महोत्तरीको कञ्चनवनमा होली खेलेपछि आजैदेखि सम्पूर्ण मिथिलाञ्चलमा होली पर्वको शुभारम्भ भएको परिक्रमा यात्रामा सहभागी बाबा नवलकिशोर दासले बताए ।

पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा आज धार्मिक विधिपूर्वक भगवान् रामचन्द्र तथा माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौँ साधु, सन्त, महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरेको बाबा नवलकिशोरले बताए ।

मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ । त्यसैगरी, होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत, नाचगान, हाँसोठट्टा र व्यङ्ग्यात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको पनि शुभारम्भ भएको सदरमुकाम जलेश्वर नगरपालिका–८ का पण्डित धीरेन्द्र झाले बताए ।

मिथिलाञ्चलका साधुसन्त, महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा आज भगवान्ले होली खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीहरूले पनि आज होली पर्व मनाएका छन् । धनुषाको हनुमानगढीमा यही फागुन ४ गते सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता सीताको डोला तथा परिक्रमायात्रीहरू जम्मा भई फागुन ५ गते मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

महोत्तरीको कञ्चनवनमा सातौँ दिनको बासा त्याग गरेर आज सम्पूर्ण परिक्रमायात्री भगवान रामचन्द्र र माता सीताको डोला लिएर यात्रालाई अघि बढाउँदै आठौँ दिनको बासका लागि धनुषाको पर्वतातिर लागेका छन् ।