९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिसिटी अस्पतालमा सानिमा बैंकका ग्राहकलाई छूट



अ+ अ-

काठमाडौं । सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटी हस्पिटल स्वास्थ्य उपचार ७ प्रतिशतसम्म छूट पाउने भएका छन् । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडकातर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा सहजरूपमा भुक्तानी गर्न सक्नेछन् ।
विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको नेपाल मेडिसिटी हस्पिटल, ललितपुरको भैँसेपाटीमा अवस्थित छ ।