१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको निर्देशन: निर्वाचन चिन्ह भौतिक रूपमा बोकेर प्रचार नगर्नुहोस्



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचार नगर्न निर्देशन दिएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल र उम्मेदवारहरूले निर्वाचन चिन्ह प्रचारप्रसारका क्रममा प्रयोग गर्न पाउने भए पनि त्यसको ठोस भौतिक वस्तु बोकेर हिँड्न पाइँदैन। यस्तो कार्य निर्वाचन आचारसंहिता उल्लङ्घन हुने आयोगले स्पष्ट पारेको छ।

घिमिरेका अनुसार निर्वाचन चिन्हलाई भौतिक वस्तुको रूपमा प्रयोग गर्दा समाजको शान्ति सुव्यवस्था र सुरक्षा व्यवस्थामा प्रतिकूल असर पर्ने उजुरी आयोगमा पुगेका थिए। त्यसैको अध्ययनपछि आयोगले यस्तो निर्णय गरेको हो। उनले दल र उम्मेदवारहरूलाई प्रचारप्रसारको क्रममा निर्वाचन चिन्ह केवल कागज, फ्लेक्स वा अन्य सामग्रीमा सांकेतिक रूपमा प्रयोग गर्नुपर्ने बताए।

उनले भने, “निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको हुन्छ। प्रचारप्रसार गर्दा त्यो चिन्हको भौतिक स्वरूप बोकेर हिँड्नु समाजको शान्ति र सुरक्षा व्यवस्थामा असर पुर्‍याउन सक्छ। त्यसैले निर्वाचन चिन्हलाई सांकेतिक रूपमा मात्र प्रयोग गर्न आग्रह गरिएको हो। प्रचारप्रसारका क्रममा तोकिए बमोजिमको दलको झण्डा र चिन्ह मात्र प्रयोग गर्नुपर्छ। यसको विपरीत भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने ठहर हुनेछ।”

निर्वाचनमा प्रचारप्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले चुनाव चिन्ह भएको घण्टी बजाउँदै हिँड्दा आयोगमा उजुरी परेको थियो। घण्टी बजाउँदा ध्वनि प्रदूषण भएको गुनासो बढेपछि आयोगले निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचार नगर्न प्रतिबन्ध लगाएको हो।