९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग
अ अ+ अ-

कास्की। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख २७ हजार ७७६ सहयोग गरेको छ।

सो बाढीबाट प्रभावितका लागि देशको पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा व्यवसायमा गर्दै आएका व्यवसायीहरूको संस्था रेवान पोखरासँग आबद्ध रेस्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायी, पदाधिकारी र सदस्यहरूको सहकार्यमा राहत रकम सङ्कलन गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए।

“विपद्को समयमा व्यवसायसँगै समाजप्रतिको दायित्व पनि उत्तिकै रहन्छ । धेरै नागरिक अहिले पीडामा हुनहुन्छ र यस्तो बेलामा प्रभावित नागरिकको राहतका लागि सक्दो सहयोग गरेका हौँ”, उनले भने।