९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
अ अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू.दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ ।

कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू. दुई करोड ५० लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले विपद्को समयमा कोषले गरेको सहयोगका लागि कर्मचारी सञ्चय कोष परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष बरालले प्राकृतिक विपद्, महाभूकम्प, महामारीलगायतका राष्ट्रिय संकटका समयमा कर्मचारी सञ्चय कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्दै आएको बताए । सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको उनले बताए ।

त्यसैगरी, कोषका प्रशासक श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले आगामी दिनमा पनि कोषले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा राष्ट्रिय संकटको समयमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कर्मचारी सञ्चय कोषले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुन:स्थापनाका लागि सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुने अपेक्षा गरेको छ ।