९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सही कुरामा मात्रै अडिग रहने ओलीको दाबी



अ+ अ-

काठमाडौँ । केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्षसमेत रहेका ओलीले किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको आकांक्षा बोकेर आन्दोलनमा होमिएको स्मरण गरे। पञ्चायती व्यवस्था र राजतन्त्र अन्त्य गर्ने सङ्कल्पका साथ राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै उहाँले लक्ष्य प्राप्त नभएसम्म संघर्ष नछाड्ने अठोटका साथ अघि बढेको बताए ।

उनका अनुसार पञ्चायतविरुद्धको आन्दोलनका क्रममा जेल सजाय, यातना र विभिन्न दमनका बाबजुद पनि आफ्नो अडान नडगमगिएको थियो । राजतन्त्र र पञ्चायत अन्त्य नगरेसम्म विश्राम नलिने अठोटका साथ संघर्ष जारी राखेको उनको भनाइ छ ।

ओलीले सानो आधारबाट सुरु गरेर एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको र त्यो पूरा गर्न सफल भएको दाबी गरे। नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरे पनि त्यसलाई सहन नसक्ने शक्तिहरूले विभाजन गराएको उनको गुनासो थियो ।

आफूमाथि लाग्ने ‘जिद्दी’ आरोपबारे स्पष्ट पार्दै उहाँले गलत वा नराम्रो काममा कहिल्यै अडान नलिने तर सही कुरामा भने दृढ रहने गरेको बताए । संघर्षशील जीवन सहज नहुने भए पनि सही उद्देश्यका लागि गरिएको संघर्षको अन्त्य सकारात्मक हुने उनको तर्क छ ।