११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर यातायात अब काठमाडौं बाहिर पनि: पोखरा, चितवन र भैरहवामा विद्युतीय वस



अ+ अ-

काठमाडौं: महानगर यातायात प्रा.लि. ले काठमाडौं बाहिर पनि सेवा विस्तार गरेको छ । प्रा.लि. ले शनिवार काठमाडौंमा एक कार्यक्रम गरि पोखरा, चितवन र भैरहवामा २० वटा विद्युतीय माइक्रोवस मार्फत सेवा विस्तार गरेको जानकारी दिएको हो ।

प्रा.लि. का अध्यक्ष सन्तोष खतिवडाले यात्रुहरुको माग अनुसार वसको संख्या वढाउँदै लैजाने र अन्य शहररुमा पनि सेवा विस्तार गर्ने योजना रहेको बताएका छन् । अध्यक्ष खतिवडाले तत्कालै काठमाडौंसंग अन्य शहरहरुलाई सहज रुपमा जोड्ने गरि ठूला विद्युतीय वसहरु समेत संचालन गर्ने तयारी रहेको जानकारी पनि दिएका छन् । निकट भविश्यमै महानगर यातायात प्रालीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिने पनि उनले बताएका छन् ।

दश वर्षदेखि काठमाडौंमा संचालित महानगर यातायातले यसअघि १ सय १ वटा वसमार्फत सेवा दिइरहेको थियो । प्रा.लि का वसहरु काठमाडौंको चक्रपथ तथा थानकोटदेखि धुलिखेलसम्म संचालन हुँदै आएका थिए ।