१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय व्यापार संघको अध्यक्षमा अग्रवाल



अ+ अ-

काठमाडौं । साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन हुनु भएको छ ।

संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवाल सहित १९ जना कार्यसमिति सर्वसम्मतले चयन भएको हो । नव नियुक्त अध्यक्ष अग्रवालले आफुले साना तथा मझौला व्यवसायीहरुको हितमा काम गर्ने बताउनुभयो । उहाँले सरकारले नीति निर्माण गर्दा ठुला उद्योगी तथा व्यवसायीहरुसँग रायसुझाव लिने तर आफुहरुलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न आफु लागिपर्ने समेत बताउनुभयो । पछिल्लो समय मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयन गर्ने अवस्थामा पनि त्यस्तै समस्या आएको बताउँदै संघले व्यवसायीहरुको हितमा सरकारसँग समन्वय गरी काम गर्ने बताउनुभयो ।

२०६१ सालमा स्थापित भएको संघमा काठमाडौंको न्युरोड आसपासमा रहेका करिब ८ सय जना व्यवसायीहरु आवद्ध रहेका छन् ।