१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

एक महिनामा १८ सय बढी छाउगोठ भत्काइए

एक महिनामा १८ सय बढी छाउगोठ भत्काइए
अ अ+ अ-

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा गरी करिब ५ हजारको हाराहारीमा रहेका छाउगोठमध्ये सरकारले एक महिनाको अवधिमा १ हजार ८ सय छाउगोठ नष्ट गरेको छ । महिनावरी भएका महिलालाई गोठमा राख्ने प्रथाका रूपमा रहेको छाउपडीलाई सरकारले २६ वैशाख २०६३ को मन्त्रिपरिषद् बैठकमार्फत कुरीति घोषणा गरेको थियो । मुलुकी अपराध संहिता २०७४ ले समेत सो प्रथालाई कानुनी अपराधका रूपमा राखेपछि सरकार छाउपडीविरुद्ध झनै कठोर हुँदै आएको छ । संहिताले सामाजिक विभेद तथा अपमानजनक व्यवहार गर्न नहुने भनेको छ ।

महिलालाई छाउपडी गोठमा पठाउन बाध्य गराउनेलाई कानुनले समेत तीन महिना कैद र जरिमानाको व्यवस्था गरेको छ । पुसको पहिलो साता गृह मन्त्रालयले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी १९ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई छाउपडी अन्त्य गर्न सचेतना अभियान चलाउँदै छाउगोठ नष्ट गर्न निर्देशन गरेको थियो । मन्त्रालयले जुम्ला, कालीकोट, मुगु, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, सल्यान, सुर्खेत, रुकुम पश्चिम, बाजुरा, बझाङ, दार्चुला, अछाम, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

सरकारले करिब १ हजार ८ सयको हाराहारीमा छाउगोठ नष्ट गरिसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुरूप स्थानीय प्रशासनले समुदाय, स्थानीय तह र प्रहरीसमेतको सहयोगमा त्यस्ता छाउगोठविरुद्ध १९ वटै जिल्लामा अभियान नै चलाउँदै आएको छ । सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी करिब १ हजार ८ सय छाउगोठ सुर्खेत जिल्लामा छन् । छाउपडी प्रथालाई निरन्तरता दिनेहरूमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवासुविधा रोक्का गर्नेतर्फ सरकार अघि बढेपछि धमाधम छाउगोठ भत्काइँदै छ ।

यस्तै, छाउपडीमा जान तथा सो कार्य गर्न बाध्य पार्ने जुनसुकै व्यक्तिलाई पनि यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउनसमेत गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन गरिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले परिणाम देखिन केही समय लागे पनि मुलुकी अपराध संहिताले समेत अपराध तोकेको छाउपडी प्रथा अन्त्य भएरै छाड्ने बताए । ‘परिणाम देखिन केही समय लाग्ला तर कानुनले नै अपराध तोकेको छाउपडी प्रथा अन्त्य गर्न स्थानीय स्तरमा जनचेतना जगाउने र छाउगोठ भत्काउने काम सँगै अघि बढिरहेको छ,’ गृह प्रवक्ता शर्माले भने ।

गृह मन्त्रालयले प्रथा कायम रहेका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई भत्काइएका छाउगोठको समेत रेकर्ड मागेको छ । गृहले छाउपडी प्रथालाई निरन्तरता दिनेहरूमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा) रोक्का गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाउन पनि निर्देशन दिइसकेको छ । अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, धार्मिक अगुवा (धामीझाँक्री र पुरोहित), सामाजिक संघसंस्था, गैरसरकारी संघसंस्थाहरूले समेत सहगोग गर्दै आइरहेको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट