१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

माथिल्लो तामाकोसीको समयावधि लम्बिदै

माथिल्लो तामाकोसीको समयावधि लम्बिदै
अ अ+ अ-

चरीकोट (दोलखा) । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ । आयोजनाको सबैभन्दा कठिन मानिएको ३७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३१० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पनि पछि धकेलिने भएको हो ।

पटक–पटक विद्युत् उत्पादनको कार्यतालिका संशोधन गर्दै आएको यो आयोजनाले चैत अन्तिममा पहिलो युनिट र चालू वर्षभित्र छवटै युनिटबाट उत्पादन थाल्ने भनिए पनि भर्टिकल सुरुङमा पेनस्टक राख्ने काममा ढिलाइ भएकै कारण आयोजना फेरि कार्यतालिका संशोधनको बाध्यात्मक अवस्थामा पुगेको हो । करिब पाँच महिनाको प्रयासपछि गत असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न सफल भएकोमा पुस चौथो सातासम्ममा तल्लो भर्टिकल साफ्टमा १९० मिटर र माथिल्लोमा ९० मिटर पाइप जडान सकिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

सात महिनाको अन्तरालमा २८० मिटर पेनस्टक पाइप जडान गर्न सफल आयोजनाको काम यही गतिमा अघि बढ्ने हो भने बाँकी ४०३ मिटर मिटरको भर्टिकल सुरुङको काम सक्न अझै एक वर्ष लाग्छ तर जडानका क्रम बढ्दै जाँदा कामको गति पनि बढ्ने प्रवक्ता डा. न्यौपानले दाबी गरे । हालसम्म अस्ट्रियन कम्पनी एन्ड्रिजले तल्लो भर्टिकल साफ्टमा ५० दशमलव ९ प्रतिशत पेनस्टक जडान सम्पन्न गरेको छ भने भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो भर्टिकल साफ्टमा २९ दशमव ३ प्रतिशत मात्र पेनस्टक जडान सम्पन्न गरेको छ ।

दुवै कम्पनीले गरी कुल जडान गर्नुपर्ने ६८३ मिटर पेनस्टक पाइपमा हालसम्म ४० दशमलव ९ प्रतिशतमात्र पेनस्टक जडान सम्पन्न गरेका छन् । पाँच मिटर लम्बाइ र २७ टन तौलसम्मका पेनस्टक पाइप ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ ।

भारतीयको काम सुस्त: तामाकोसी आयोजनाको लट नम्बर २ को हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक जडानको काममा समेत ढिलाइ गरेको छ । पेनस्टक पाइप राख्ने भर्टिकल सुरुङ लट नम्बर १ को चिनियाँ ठेकेदार सिनो हाइड्रोले २०७२ सालको भूकम्पअघि नै सकाएको भए पनि पेनस्टक पाइप ल्याउने र जडान गर्ने जिम्मा पाएको टेक्सम्याको रेल्वे इन्जिनियरिङले कामको गति बढाउन नसक्दा माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप जडानमा ढिलाइ भएको हो ।

टेक्सम्याकोले यसअघि पनि भूकम्प, खाडीचौर–चरीकोट सडकलगायका कारण देखाइ पेनस्टक पाइप ढुवानीमा नै ढिलाइ गरी आयोजनालाई पछि धकेल्न बाध्य पारेको थियो । तामाकोसी आयोजनाले उक्त कार्य अघि बढाउन लट नम्बर ३ का ठेकेदार एन्ड्रिज हाइड्रो तथा लट नम्बर २ को हाइड्रो मेकानिकलको ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङसँग त्रिपक्षीय सम्झौता गरी ३७३ मिटरको तल्लो ठाडो सुरुङमा पाइप राख्ने कामको जिम्मा लट नम्बर ३ का ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिने सहमति गरेका थियो ।

सँगै काम सुरु गरेको एन्ड्रिजले ५० दशमलव ९ प्रतिशत पेनस्टक जडान सम्पन्न गर्दा टेक्सम्याको रेल्वे इन्जिनियरिङले २९ दशमलव ३ प्रतिशतमात्र जडान गरेको छ ।

९९ प्रतिशत काम सम्पन्न: समग्रमा माथिल्लो तामाकोसी आयोजनको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको बाँधस्थलको काम सम्पन्न भइसकेको छ भने मुख्य सुरुङमा कङ्क्रिटिङको काम अन्तिम चरणमा पुगेको छ । सुरुङ मार्गमा ग्राउटिङको काम भइरहेको छ । विद्युतगृहको काम अन्तिम चरण पुगेको छ । प्रसारण लाइनअन्तर्गतको १२७ वटा टावरसहित ४७ किलोमिटरको तार तान्ने काम सम्पन्न भएको आयोजनाका प्रवक्त डा। न्यौपानेले जानकारी दिए । चारवटा मल्टि सर्किट टावर भने बन्न बाँकी छ ।

ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने ब्याज, प्रशासनिक खर्चलगायतका कारण ब्याजसहित ४९ अर्ब रुपियाँको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ७२ अर्ब रुपियाँ पुग्ने अनुमान छ । गोरखापत्र दैनिकबाट