१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा परे हाते कागज उद्योग



अ+ अ-

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब रु सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले सङ्कटमा परेको हो ।

उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले उद्योग चलाउन मुस्किल परेको बताउनुभयो । “लगानीअनुसार आम्दानी गर्न सकिएन, मुख्य समस्या कच्चा पदार्थ र उत्पादित कागजले बजार नपाउनु नै हो”, उहाँले भन्नुभयो, “कालीकोट, जुम्लाबाट लोक्ता ल्याउनुपर्छ, नजिकै लोक्ता नहुँदा ढुवानीमै ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाले उद्योग घाटा बेहोर्नुप¥यो ।” लोक्ता कागज उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उद्योगबाट नोटबुक, डायरी, रजिष्ट्रार, फोटोकपी पेपर, गिफ्टबक्स, गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक सामग्री उत्पादन हुँदै आएका छन् ।

नेपाली कागजको थुप्रै महत्व भए पनि गाउँघरमा यसको बजार नहुँदा समस्या भएको उहाँको गुनासो छ । उहाँले थुपै्र पटक स्थानीय र प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला सम्भावना देखेर फरक व्यवसायका रुपमा कागज उद्योग सञ्चालन गर्ने सोच बनाएँ, अहिले लगानी नै डुब्ने अवस्था सिर्जना भयो, नगरपालिका र प्रदेश सरकारबाट बजारीकरणमा कुनै सहयोग पाइएन्, ।” साथै उहाँले उद्योगलाई आधुनिक औजार तथा भण्डारणका लागि भौतिक संरचना आवश्यक परेको बताउनुभयो ।