२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब राजधानीको खुल्लामञ्च खुल्ला रहने, गाडी पार्किङ गर्न निषेध



अ+ अ-

काठमाडौं । माघ १ गते देखि राजधानीको खुलामञ्चमा पार्किङ गर्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै माघ १ गते देखि खुलामञ्चमा पार्किङ गर्न नदिने निर्णय गरेको हो ।

‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं,’ काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा उल्लेख छ। खुलामञ्चमा पार्किङ गरेर अस्तव्यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियन्ताहरूले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटक/पटक पत्राचार गर्दै आएका थिए।

त्यहाँ सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत निशुल्क पार्किङ गर्दै आएका छन्।

‘वीर अस्पतालको, हाइस्कुल, सर्वसाधारणले पनि त्यही राख्ने गरेका थिए,’ वडा २८ का वडाध्यक्ष भाइराम खड्गीले भने,’बालबच्चाहरूको लागि खेल्ने स्थान नभएपछि त्यहाँ खुला गरिदिए वातावरण बन्ने हिसाबले पार्किङ निषेध गरेका हौं।’ खुलामञ्चको सट्टा वैकल्पिक पार्किङको लागि भने हाललाई निर्णय नगरेको उनले बताए।

‘तर आउँदो दिनमा छलफल गरेर बनाउन सकिन्छ’,उनले भने। खड्गीले कारबाहीको लागि वडा कार्यालयमा थप बैठक बसेर निर्णय गर्ने समेत जानकारी दिए।