२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा भोलि राति ७ बजेसम्मका लागि निषेधाज्ञा जारी



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना.१ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो । 

उपचारको क्रममा महतोको मृत्यु भएपछि आक्रोशित स्थानीयले सोमवार प्रहरीको ना. १ झ. ७४८२ नम्बरको गाडी जलाएका थिए ।

प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायतका घटना बढेकाले नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार राति ७ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो ।