१० असार २०८३, बुधबार
,
Latest
मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिदै गोली हाने’



अ+ अ-

काठमाडौं । अभियुक्त विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएका छन् । २७ पौषमा जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आपत्ती जनाए ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विष्णु लामाकी पत्नी मनमाया लामाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाइन् । उनले प्रश्न गरिन्, यसरी गोली हान्न पाइन्छ ? यस्ते हो भने प्रहरीले मान्छे मार्दै हिंड्छ । सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न नसकिने बताइन् । उनले सरकारसँग न्यायको माग गर्दै गोली हान्नेमाथि कडा कारबाही गरिनुपर्ने बताइन् ।

मनमायाले आफ्ना पतिलाई कानुन अनुसार कारबाही हुनुपर्ने पक्षमा आफूपनि रहेको तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने बताइन् । उनले भनिन्, यस्तै हो भने प्रहरीले जोकोहीलाई मार्दै हिंड्नेछ । विष्णु लामालाई गोली हान्न आदेश दिनेमाथि समेत कारबाही हुनुपर्ने उनको माग थियो । श्रीमान बाँचेको भन्दै खुट्टामा गोली लागेपछि बालबच्चाको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न गरिन् । दुई बच्चासहित पत्रकार सम्मेलनमा उपस्थित मनमायाले घटनाको छानविन हुनुपर्ने माग गरिन् ।
घाइते अवस्थामा उपचाररत पतिलाई प्रहरीले भेट्न समेत नदिएको उनको भनाई थियो । पक्राउ गरी गोली हानेकाले यसको जिम्मेवारी प्रहरी हुनुपर्ने बताइन् । उनले भनिन्, जबरजस्ती गुण्डा भनेर मेरो श्रीमानलाई गोली हानिएको छ ।

कार्यक्रममा नेकपा पार्टी अध्यक्ष तथा जील्ला सदस्य पदमबहादुर श्रेष्ठले विष्णु लामालाई सरकारद्धारा लगाइएका अभियोग जायज रहेको भन्दै गोली नै हान्ने कदम न्यायोचित नभएको बताए । पक्राउ गरेपछि अन्य ठाँउमा लगेर गोली हानिएको भन्दै निष्पक्ष छानविनको माग गरे । फरार अभियुक्त विष्णु लामालाई झठो मद्दा लगाएर गोली हानिएको उनको आरोप थियो । वीर अस्पतालमा उपचारको क्रममा रहेको विष्णुको आफ्न्त समेतलाई भेट्न दिएको छैन् भन्दै आपत्ती जनाएका छन् ।

विष्णु लामाका भाई विश्व लामाले आफ्नै अगाडि दाजुलाई सादा पोशाकको प्रहरीले लिएर गएको बताए । प्रहरीका सामु आत्मसमर्पण गरेपछि हथकडी लगाइएको र त्यसपछि अन्यत्र लगेर गोली हानिएको खुलाए । कानुनसम्मत कारबाही हुनुपर्नेमा गैरन्यायिक तरिकाले गोली हानिएको बताए । पक्राउ पछि प्रहरीमा खोजीका लागि जाँदा गोली हानी घाइते भएको खबर साँझमा थाहापाएको जानकारी दिए । आफूलाई अस्पतालमा डाकिएको तर माथिको आदेश भन्दै भेट्न नदिइएको बताए ।




भर्खरै