१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

चाकुले जाडोमा शरीर तताउँछ

चाकुले जाडोमा शरीर तताउँछ
अ अ+ अ-

काठमाडौँ । नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ । माघे सङ्क्रान्ति मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

उनले माघे सङ्क्रान्तिमा काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिँदै भने, “अहिलेजस्तो लुगाको सहज अवस्था त्यति बेला थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे । ” नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । वज्राचार्यले थप्दै भने, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ । ”

टोखाका चाकु उत्पादक राजकुमार श्रेष्ठलाई माघे सङ्क्रान्तिका लागि चाकुको माग धान्न भ्याइनभ्याइ छ । उनी भन्छन्, “चाकु बनाउ १५ दिन अघिबाटै व्यस्त हुनुपर्छ । ” श्रेष्ठका अनुसार पहिले साधारण चाकुको मात्रै माग थियो । अहिले मसलादार र ‘स्पेसल’ चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेषमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । यसले सामान्यभन्दा विशेष चाकुको मूल्य अलि महँगो हुने श्रेष्ठले जानकारी दिए ।

यता पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने जानकारी दिए । उनी बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने सुझाव दिन्छन् । बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने उनले बताए । जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव उनको छ । यता संस्कृतविद् ओम धौभडेलले पुस महिनामा हुने यःमरि पुन्हिमा नेवार समुदायले चाकुको यःमरि खाने चलन छ ।

मुख्य जाडोका भिन्नाभिन्नै महिनामा चाकु खानुका पछाडि यही कारण रहेको जानकारी उनले दिए । “यःमरि पुन्हिमा चामलको पिठोभित्र चाकु हालेर खानुको कारण शरीरलाई पुसको जाडोबाट जोगाउनु हो”, धौभडेलले भने, “माघे सङ्क्रान्तिमा भने काँचो घ्यू र चाकु खाइन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ । ” उहिले उहिले बाक्लो लुगा सहजै नपाइने हुँदा जाडो याममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो । त्यसैले हाम्रा पुर्खाले चाकु खाने चलन ल्याएको उनले जानकारी दिए ।

अन्य समुदायमा पनि माघे सङ्क्रान्ति आआफ्नै ढङ्गले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ । त्यस्तै थारू समुदायले ‘माघी’ भनेर मनाउँछन् । बाहुन तथा क्षत्रीले तिलको लड्डुका साथै विभिन्न खाले तरुल र खिचडी खाएर मनाउने गर्छन् ।

यसरी बन्छ चाकु व्यवसायी श्रेष्ठका अनुसार कसौँडी आकारको तामाको भाँडामा सक्खर–पानी उमाल्ने र बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याउने । चिसो हुन थालेपछि ढुङ्गाले कुट्नुपर्छ । त्यसपछि यो दह्रो भएर चाकुजस्तै आकारमा आइसकेको हुन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर सरसर तानिन्छ । गोरखापत्र दैनिकबाट