११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

प्रहरीसहित तालिमप्राप्त कुकुरद्वारा लागुऔषध तथा विस्फोटक पदार्थको जाँच

प्रहरीसहित तालिमप्राप्त कुकुरद्वारा लागुऔषध तथा विस्फोटक पदार्थको जाँच
अ अ+ अ-

कर्णाली। निर्वाचन सुरक्षालाई केन्द्रित गरेर सुर्खेत प्रहरीले तालिमप्राप्त कुकुर (के–९)सहित लागुऔषध तथा विस्फोटक पदार्थको चेकजाँच सुरु गरेको छ ।

निर्वाचन सुरक्षालाई लक्षित गरी केनाइन शाखा कोहलपुरबाट दुईवटा तालिमप्राप्त कुकुरको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण शाखा सम्मिलित २५ जनाको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेकपोष्टबाट चेकजाँच सुरु गरिएको सुर्खेत प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।

आसन्न फागुन २१ गते हुन गइरहेको निर्वाचनको अवधिमा सीमानाकाबाट भित्रिन सक्ने अवैध हातहतियार तथा विस्फोटक पदार्थ र लागुऔषध नियन्त्रण गर्ने ध्येयले तालिमप्राप्त कुकुरसहितको संयुक्त जाँच अगाडि बढाइएको उहाँले बताउनुभयो । उक्त चेकजाँचका क्रममा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका २४ वर्षीय गौरव रावललाई नियन्त्रणमा लिइएको उहाँले जनाउनुभयो ।

प्रवक्ता बुढ्थापाले भन्नुभयो, “रावललाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट नापतौल नगरेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ सात पोका भेटियो । भेटिएको पोकासहित रावललाई नियन्त्रणमा लिएर थप अनुसन्धानको कारबाही बढाइएको छ ।”

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्था मजबुत बनाउन सुर्खेत जिल्लाका प्रवेश नाका, मुख्य बजारलगायत दुवै निर्वाचन क्षेत्रमा लागुऔषध, हातहतियार, विस्फोटक पदार्थ खोजी गर्न तालिमप्राप्त कुकुर, प्राविधिक जनशक्तिको सहायताले सुर्खेत जिल्ला तथा मातहत प्रहरी कार्यालयसहित सुरक्षा निकायबाट नियमित गस्ती, जाँच तथा सुरक्षा कारबाही भइरहेको प्रवक्ता बुढ्थापाले बताउनुभयो । रासस