११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

कामपाद्वारा दश वटा वडामा भूसूचना प्रणाली सञ्चालन गरिँदै

कामपाद्वारा दश वटा वडामा भूसूचना प्रणाली सञ्चालन गरिँदै
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमूना कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ ।

आज कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ४७औँ कार्यपालिका बैठकमा, सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेस गर्नुभएको प्रस्तावमा छलफल गर्दै नमूना कार्यक्रमका सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण व्यवस्था गर्दै अन्य वडामा क्रमशः सेवा विस्तार गर्ने निर्णय पारित गरेको हो । नमूना कार्यक्रमका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन हुनेछ ।

यसअघि चारकिल्ला, घरबाटो सिफारिसलगायत सेवा कार्यान्वयनमा आइसकेका छन् । यसका अतिरिक्त भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएसँगै ती सेवा वडाबाटै प्राप्त हुनेछन् ।

साथै नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने, सम्पत्ति रोक्का राख्ने काम वडाबाटै हुनेछन् ।

गत माघ १८ गते गृह मन्त्रालयमा बसेको बैठकबाट कामपाको वडा नं २७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन कामपालाई प्रयोग गर्न दिने सहमति भएकाले उक्त भवन प्रयोगमा ल्याउने र रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको जग्गा सरकारको नाममा दर्ता गर्न कामपाले सहमति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै साविक वडा नं २८ तथा अहिलेको वडा नं २५ बाढ्गेमुढामा रहेको जग्गासम्बन्धी मुद्दामा कामपाको पक्षमा अदालतबाट फैसला आएकाले उपभोग तथा व्यवस्थापनका लागि नेपाल सरकारबाट अनुमति माग्ने निर्णय भएको कामपाले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सरकारले गरेको निर्णयबाट सर्वसाधारणमा परेको अन्यौलता हटाउनुपर्ने, सरसफाइका लागि माग गरिएका जनशक्तिको पूर्ति गर्ने सम्बन्धमा जवाफ पाउनुपर्ने, तार व्यवस्थापनको एकीकृत गर्नुपर्ने, विपद् प्रभाव व्यवस्थापन गर्नुपर्ने, ज्येष्ठ नागरिकको घरघरमा गएर परिचयपत्र तथा अन्य सेवा नवीकरण गर्नुपर्ने, बालाजु बाइसधाराको पौडी पोखरी सञ्चालन गर्नुपर्ने, सहकारीसम्बन्धी समस्या सुनुवाइ गर्ने प्रणाली बनाउनुपर्ने, सडक बत्तीसम्बन्धी योजना कार्यान्वयनमा ल्याउनुपर्नेलगायत विषयमा छलफल भएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो । रासस