२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः वाग्ले



फाइल फोटो
अ+ अ-

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भानु नगरपालिका–५ नागनगिनीमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उहाँले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताउनुभयो ।

उपनिर्वाचनबाट विजयी भएपश्चात् जनताको नजिक रहेर काम गरिरहेको बताउँदै वाग्लेले सङ्घीय सांसदको काम ऐन, नियम बनाउनुपर्ने भएकाले काठमाडौँ बसाइँलाई अन्य दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो ।

“सङ्घ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ । सङ्घीय सांसदको मुख्य काम ऐननियम बनाउनु हो ।

कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो”, डा वाग्लेले भन्नुभयो । उहाँले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकाङ्क्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो । रासस