११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल
????????, ? ?????? ????????? ????? ???? ? ????? ??????? ????????? ???????? ?????????? ???????????? ?????? ????? ‘???????? ??????? ?? ??????? ?????? ? ?????? ????? ?????????? ???????????? ???????? ????? ??????????? ???????? ????÷????
अ अ+ अ-

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्र्रो हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय सूचना आयोगको आज सयुक्त रूपमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले बुझाएका सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

“मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक गर्ने गरेका छौँ ।”

सबैलाई समान अवसर प्राप्त हुनुपर्ने र पारदर्शी पनि हुनुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्र सही ढङ्गले अगाडि बढाउन पनि सही सूचनाको जरुरी हुने स्पष्ट  पार्नुभयो । सूचनाको हक पत्रकारका लागि मात्र नभएर सबैका लागि भएको उल्लेख गर्दै मन्त्री खनालले थप्नुभयो, “पत्रकारले भन्दा पनि गैरपत्रकारले सूचनाको हक प्रयोग गरी सूचना लिएर दुरूपयोग गरेकासमेत पाइएको छ, सही सूचना नागरिकमा पुर्‍याउनसके मात्र नागरिक सूसुचित हुन्छन् ।”

अर्थमन्त्री खनालले मुलुकको अर्थतन्त्र सही ढङ्गले चल्न सही सूचना जरुरी हुने र व्यवसाय र आर्थिक काम गर्दा समान अधिकार दिन सूचना सार्वजनिक अनिवार्य भएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार आचार्यले सूचनाको हक कार्यान्वयनका लागि काउन्सिलले निरन्तर काम गरिरहेको र यस विषयमा थप सरोकारवालाबीच छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

प्रमुख सूचना आयुक्त डा सुरेश आचार्यले सूचना माग्दा नपाएका विषय मात्रै पुनरावलोकनका लागि आयोगमा आउने गरेको र आयोगले संविधानसँग बाँझिएका सूचनाको हकसम्बन्धी कानुनको संशोधन गर्ने काम गरिरहेको जानकारी दिनुभयो । उहाँले सूचनाका हकको प्रयोग गरेर सूचना माग्ने र त्यसको दुरूपयोग गर्ने परिपाटी देखिएको भनाइ राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला आचार्यले सूचनाको हकको प्रयोगको अवस्था, सही रूपमा प्रयोग भइरहेको वा नभएको सबैलाई जानकारी लिने, गलत र मिथ्या सूचनालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले दिन नखोजेका सूचना माग्ने र नमागीकन सूचना सार्वजनिक गरेमा पारदर्शिता प्रवद्र्धन सहयोग पुग्ने र गलत सूचना प्रवाहमा रोकिने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले ८० प्रतिशत सूचना स्वतन्त्र खुला रूपमा पाउनुपर्ने र २० प्रतिशत लुकाउन खोजिएका सूचना मात्र माग्नुपर्नेमा जोड दिँदै पत्रकारले लुकाएका सूचना खोजेर नागरिकलाई सूसुचित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार एकराज पाठकले ‘सूचनाको हक, मिडिया र अभ्यास’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सूचना गोप्य राख्ने संस्कृति हुँदाहुँदै पनि सूचना माग्ने अभ्यास बढ्र्दै गएको बताउनुभयो । प्रस्तुतीमा सूचना माग्ने अभ्यास न्यून भएको, जनता जनगाउन नसकिएको, अनियमितता खोल्न नसकेको, भ्रष्टाचारविरुद्धको औजार बन्न नसकेको, यति तथ्याङ्क राख्ने व्यवस्था नभएको र तथ्यमा आधारित खोज पत्रकारिता पनि पर्याप्त नभएको उल्लेख गर्नुभएको छ ।

कार्यपत्रमा सूचनाको हकको प्रयोगका अवस्थालाई हेर्दा पुनरावेदनमा आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहमा ४२ दशमलव २१ प्रतिशत, शिक्षा, स्वास्थ्य तथा खेलकुदमा २१ दशमलव १० प्रतिशत, प्रशासनमा १५ दशमलव २० प्रतिशत रहेको र बैंक तथा वित्तीय संस्थामा ७ दशमलव ७३ प्रतिशत परेको छ । रासस