२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्याको आरोपमा दुई जना पक्राउ



अ+ अ-

सुदूरपश्चिम । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ की ७१ वर्षीया लक्ष्मी जोशी मृत फेला परेको घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले अनुसन्धानका क्रममा घटनामा संलग्न भएको खुलेपछि दार्चुला शैल्यशिखर नगरपालिका–९का २४ वर्षीय उमेश साउद र बैतडी जिल्ला डिलासैनी गाउँपालिका–५ का गोपाल नाथलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

मृतकको साथबाट लुटिएको सुनजस्तो देखिने दुई थान कानको मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली निजहरूबाट बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो । गत माघ २७ गते सोही वडाको देवल भन्ने स्थानमा वृद्ध महिलाको शव फेला परेको थियो । रासस