१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

अब पर्यटक लोभ्याउदै स्थानीय तह

अब पर्यटक लोभ्याउदै स्थानीय तह
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका नगरपालिकाले नेपाल भ्रमण वर्ष लक्षित गरी आ–आफ्नो नगरपालिकाको पर्यटकीय क्षेत्र सिँगार्न र पर्यटनमैत्री बनाउन सक्रिय भएका छन् । उनीहरू सम्पदा अवलोकन, जङ्गल सवारी, धार्मिकस्थललाई पवित्र तीर्थस्थलका रूपमा प्रचार गर्ने, जिपलाइन निर्माण, पद यात्राको व्यवस्था र होमस्टे निर्माणलगायतका काममा सक्रिय भएका छन् ।
नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारले योजना बनाएको छ।

उक्त योजनालाई सार्थक बनाउन उपत्यकाका नगरपालिकाले आ–आफ्नो क्षेत्रमा भएका धार्मिक र पर्यटकीय स्थललाई आकर्षक बनाउन लागेका हुन् । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नेपाल भ्रमण वर्षमा नगरपालिकाभित्र भएका पर्यटकीयस्थल सिँगार्ने काम भइरहेको बताए । उनका अनुसार इचङ्गुनारायण मन्दिर, हल्चोक आकाशभैरव, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्वाइट गुम्बा, बद्रीनारायण धाम, गणेशमान स्मृति पार्क, शहीद पार्क, भीमसेनस्थान, स्विजरल्यान्ड पार्कलाई पर्यटकमैत्री बनाइएको छ ।

त्यस्तै, हसन्टार गुम्बा, भूवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर र नगरपालिकाका विभिन्न स्थानमा होमस्टे निर्माण गर्ने काम भइरहेको छ । उनले भने, “नगरपालिकामा भएका क्षेत्र सधैँ पर्यटकका लागि आकर्षण स्थल हो, नेपाल भ्रमण वर्षलाई लक्षित गरी यी क्षेत्रमा थप आकर्षक बनाउन लागिएको हो ।” ललितपुरको महालक्ष्मी नगरपालिकाले नेपाल भ्रमण वर्ष अवधिमा आन्तरिक र बाह्य पर्यकलाई हाइकिङ र साइकलिङको प्रबन्ध गरिएको जनाएको छ ।

नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले लुभु र सिद्धिपुरमा गरिने स्थानीय उत्पादन पर्यटकलाई अवलोकन गराउने, अशोक स्तूपा, लाकुरी भञ्ज्याङमा पर्यटकलाई भ्रमण गराउने आवश्यक प्रबन्ध गर्न लागिएको बताए । उनले भने, “काफ्ले सामुदायिक वनदेखि लाकुरी भञ्ज्याङसम्मको दुई किलोमिटर दूरीमा पर्यटकलाई पैदल यात्राको व्यवस्था गरिएको छ ।”
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने योजनाका साथ काम भइरहेको बताए ।

उनका अनुसार काँक्राबारी हुँदै नैचाल, घ्याम्पेडाँडा, रानीकोट बाघभैरव, लाकुरी भन्ज्याङ हुँदै अन्तलिङ डाँडासम्म पद मार्ग निर्माण गरिएको छ । यसअघि नै निर्माण हुन लागेको जियोलोजिकल पार्क निर्माण कार्यलाई तीव्रता दिन सङ्घीय सरकारलाई आग्रह गरिएको र नगरपालिका क्षेत्रभित्र भएका उच्च भागमा जग्गा भएका जग्गाधनीले पर्यटनमैत्री व्यवसाय सञ्चालन गर्न जग्गाधनीलाई नगरपालिकाले आग्रह गरेको उनले बताए ।

शङ्खरापुर नगरपालिकाले नेपाल भ्रमण वर्षमा जहरसिंहपौवा, शिवपुरी राष्ट्रिय निकुञ्ज, देउराली प्याराग्लाइडिङ, साँखु विशम्भरा नगरकोट पैदल यात्रा, कात्तिके हिल स्टेसन, जङ्गल पदयात्रा सुनडोल, सेतीदेवी मन्दिर, झोलुङ्गेपुल मणिचुड, सालिनदी र इन्द्रायणीलगायतका क्षेत्र पर्यटकी क्षेत्र भएको जनाएको छ ।

नगरप्रमुख सुवर्ण श्रेष्ठले सिङ्गो नगरपालिका क्षेत्र नै पर्यटकीय क्षेत्र भएकाले नेपाल भ्रमण वर्ष अवधिमा नगरपालिकाको स्थानीय उत्पादनलाई विशेष जोड दिएको बताए । शङ्खरापुर नगरपालिकाले नगर क्षेत्रमा भएका होटललाई पर्यटनमैत्री रूपमा निर्माण गर्न लागिएको छ । गोरखापत्र दैनिकबाट