२६ श्रावण २०८३, मंगलवार
,
Latest
नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीयः प्रहरी महानिरीक्षक कार्की ग्यास अभाव छैन, हल्लाका कारण सुदूरपश्चिममा माग बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको समयमा राष्ट्रिय सभाले देशको अभिभावकीय भुमिका निर्वाह गर्‍यो: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । संघीय संसद राष्ट्रिय सभाको १९ औं अधिवेशन ऐतिहासिक उपलब्धिहरूका साथ समापन भएको छ ।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशन समयका हिसावले छोटो भएपनि कामको हिसाबले निकै महत्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचनको संघारमा देशभर चुनावी माहोल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले अभिभावकीय भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्वपूर्ण विधेयकहरू पारित गरेको छ । पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ । यस्तै अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ । यसैगरी मतदाता नामावली ऐन (संशोधन), प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन् । सरकारले भने सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिएको छ ।

२७ दिन चालु रहेको यो अधिवेशनमा कुल ९ वटा बैठकहरू बसेका थिए । कुल १७ घण्टा २५ मिनेट समय सभाको काममा व्यतित भएको छ । यस अवधिमा २९ जना सदस्यहरूले शून्य समयमा ४८ मिनेट र १५ जना माननीय सदस्यहरूले विशेष समयमा ३ घण्टा ३९ मिनेट समय उपयोग गर्नुभएको थियो ।