१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क अब १० पैसा मात्र

मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क अब १० पैसा मात्र
अ अ+ अ-

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो । अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ ।

अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्देशिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ । अन्तरआबद्धता शुल्क भनेको एक सेवा प्रदायकको नेटवर्कबाट अर्कोमा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने शुल्क हो । प्राधिकरणले निर्देशिकामार्फत प्रतिमिनेट १० पैसा शुल्क तोके पनि सेवा प्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्न सक्ने प्रावधान छ ।

अहिले एनसेलका ग्राहकले एनसेलमा र नेपाल टेलिकममा कल गर्दा खासै फरक पर्दैन । तर, नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्छ । नयाँ निर्देशिका लागू भएपछि सिधै असर एनसेललाई नपर्ने र टेलिकमलाई पर्नेछ । टेलिकमबाट एनसेलमा कल गर्दा अब कम्तीमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनेछ । २०६५ सालमा जारी गरेको निर्देशिकामा विकास क्षेत्रअनुसार अन्तरआबद्धता शुल्क फरक–फरक थियो भने अहिले जारी गरेको निर्देशिकाले देशभरिलाई एउटै क्षेत्र मानेर शुल्क निर्धारण गरेको छ ।

निर्र्देशिकाअनुसार एउटा सेवा प्रदायकको फिक्स्ड लाइनका ग्राहकले अर्को अपरेटरको फिक्स्ड लाइन ग्राहकलाई कल गर्दा पहिलो सेवा प्रदायकले दोस्रो सेवा प्रदायकलाई बढीमा प्रतिमिनेट २० पैसा मात्रै तिर्नुपर्छ । अहिले नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायकको फिक्सड लाइन छैन । फिक्स्ड लाइनबाट मोबाइलमा गर्दा आन्तरआबद्धता शुल्क १० पैसा हुनेछ । यसैगरी, मोबाइलबाट फिक्स्डमा कल गर्दा अन्तरआबद्धता शुल्क प्रतिमिनेट २० पैसा हुनेछ । मोबाइलबाट मोबाइलमा गर्दा पनि अन्तरआबद्धता शुल्क १० पैसा कायम गरिएको छ ।

एसएमएस सेवामा पनि प्रतिएसएमएस १० पैसा अन्तरआबद्धता शुल्क तोकिएको छ । सेवा प्रदायकले आफ्नो नेटवर्कमा मात्र फोन लाग्ने र अन्य सेवा प्रदायकमा फोन नलाग्ने गरेको गुनासोलाई पनि निर्देशिकाले सम्बोधन गरेको छ । एउटा सेवा प्रदायकबाट कल गर्दा अर्को सेवा प्रदायकमा फोन नलाग्ने हुन नदिनका लागि पूर्वाधार बनाउन पनि निर्देशन दिइएको छ । आफ्नै नेटवर्क प्रयोग गर्दा कम शुल्क लाग्ने र अर्को नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने प्रथालाई अन्त्य गरी धेरै अन्तर बनाउन नपाउने गरी निर्देशिका बनाइएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

अहिले फरक सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट डेढ रुपैयाँसम्म फरक पर्ने गरेको छ । टेलिकमका पोस्टपेड ग्राहकले टेलिकमकै नेटवर्कमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले टेलिकमकै नेटवर्कमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा शुल्क तोकेको छ । एनसेलले भने जुनसुकै नेटवर्कमा फोन गर्दा पनि करसहित २ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ । स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ९२ पैसा लाग्दै आएको छ । निर्देशिका पूर्ण रूपमा लागू भएपछि यो शुल्क घट्नेछ । राजधानी दैनिकबाट