२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयले बयालिस थान हतियार बुझाए



अ+ अ-

बागलुङ। स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन्। हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गर्नुभएको छ ।

अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उहाँले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गर्नुभएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले खोजी अभियान सञ्चालन गरेर अनुमति नलिएका ११५ थान हतियार बरामद गरेको थियो । रासस
–––