१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही निर्वाचन सामग्री छपाइ सम्पन्न



अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका आवश्यकमात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले  जानकारी दिनुभयो । छापिएर आएका छपाइ सामग्री पनि निर्वाचनका अन्य सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने गरी तयारी भएको छ ।

प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आएको उहाँले सुनाउनुभयो । बाँकी सामग्री पनि अब क्रमशः आएपछि जिल्ला जिल्लामा पठाउन तयारी अवस्थामा राखिने छ । मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ ।रासस