१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता

असमझदारीका कारण प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ‘सन्नाटा’

असमझदारीका कारण प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ‘सन्नाटा’
अ अ+ अ-

काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ। आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन्। मंगलबार प्रधानमन्त्री ओली बालुवाटारमै चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाटदेखि उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा व्यस्त देखिए।

दाहाल भने बिहान पार्टीका नेता भीम रावल, अग्नि सापकोटालगायतसँग अलग–अलग छलफल गरी चितवन पुगेर फर्केका छन्। नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ। दाहालले चितवन पुगेर मंगलबार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू दुई घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन।

संसद्मा झन्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ। तर, बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवादमा छैनन्। दुवै अध्यक्ष दुई दिनयता एक–अर्को अध्यक्षले चाल्ने ‘कदम’ को सूक्ष्म अध्ययन गर्दै बसेका छन्। ‘दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिनुभएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुन सक्छ भनेर बसिरहेको देखिनुहुन्छ।’

नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्ष आफूनिकट नेतासँगको संवादमा छन्। दाहाल सचिवालयका एक सदस्यले मंगलबार चितवनबाट साँझ काठमाडौं फर्केर भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ।’ सभामुखका लागि ओली र दाहालका आ–आफ्नै रुचिका पात्र छन्। सभामुखको पात्र चयनमा सकस परिरहेका बेला २३ पुसमा नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बसेको बहुमत सचिवालय सदस्यको ‘प्यानल बैठक’ ले ओली–दाहालबीच झन् असमझदारी बढेको छ।

अध्यक्षद्वयमा बढेको असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा अड्किएको नेकपाका नेता बताउँछन्। ‘उपसभामुखलाई पार्टीभित्रैबाट ब्याकफोर्स रहेका कारण राजीनामा दिनुभएको छैन, यो देखिँदो कुरा हो’, नेकपा स्थायी समिति सदस्य देवेन्द्र्र पौडेलले भने। उपसभामुख तुम्बाहाङफेलाई पार्टी सचिवालयले शनिबार राजीनामा दिन आग्रह गरेको थियो। तर, उनले राजीनामा दिएकी छैनन्। राजीनामा नदिँदा नेकपा सचिवालयकै निर्णय कार्यान्वयनमा जटिलता पैदा भएको छ।

दाहाल स्वयंले पनि पार्टीभित्र देखा परेको राजनीतिक जटिलता चितवनको एक कार्यक्रममा मंगलबार स्विकारे। ‘म आउने समय भएर माडी आएको होइन। निकै दबाब थियो, नजा भन्ने साथीहरू पनि थिए काठमाडौंमा। तपाईंहरूले देख्नुभएको छ, केन्द्रीय राजनीतिमा अलि–अलि जटिलता देखा पर्छन्। तिनलाई समाधान गर्न लगातार छलफल गर्नु थियो। मलाई नेताहरूले अहिले यस्तो बेला बाहिर नजान भनिरहनुभएको थियो। म माडी जाने भएँ भनेर दुई घण्टाका लागि आएको हुँ’, दाहालले मंगलबार माडीको खिचरा महोत्सव उद्घाटनमा भने।

दाहाल मंगलबार नै चितवन पुगेर काठमाडौं फर्केका हुन्। प्रधानमन्त्रीका निजी सचिवालयका अनुसार आइतबारयता दाहाल बालुवाटार आएका छैनन्। शनिबारको सचिवालय निर्णय कार्यान्वयनका सवालमा बालुवाटारमा तुम्बाहाङफेसँग ओली, दाहाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले छलफल गरेका थिए। छलफलमा तुम्बाहाङफे आफ्नो अडानबाट नगलेपछि उनलाई प्रधानमन्त्रीकै ढाडस रहेको आशंका इतर पक्षका नेताले गरेका छन्।

सभामुख चयनका विषयमा दाहालले वरिष्ठ नेता माधव नेपाल, मात्रिका यादव, देव गुरुङलगायत नेतासँग अनौपचारिक संवाद गरेका छन्। प्रधानमन्त्री ओलीले पनि महासचिव विष्णु पौडेल, ईश्वर पोखरेललगायतसँग संवाद गरिरहेका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट