१५ असार २०८३, सोमबार
,
Latest
थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हंसपुर नगपालिकाका मेयर यादवको निधन



हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार यादव । तस्बिर : समाजिक सञ्जालबाट
अ+ अ-

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको मस्तिष्क घातका कारण सोमबार राति निधन भएको छ ।

गत बिहीबार राति एकाएक बेहोस भएपछि मेयर यादवलाई जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई काठमाडौँ लगिएको थियो ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा सोमबार राति उहाँको निधन भएको हो । करिब ५५ वर्षका यादव नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

धनुषा काँग्रेसले मेयर यादवको निधनबाट पार्टीका एक इमान्दार नेता एवं समाजसेवीलाई गुमाउनु परेको भन्दै दु:ख व्यक्त गरेको छ ।