१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो
अ अ+ अ-

नेपालगन्ज। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा सुरक्षा कार्यक्रम बन्द भएका कारण भेरी अस्पतालमा प्रसूतिका बिरामीको चाप बढेको विषयलाई गम्भीरताका साथ लिएको बताउनुभएको छ ।

भेरी अस्पताल नेपालगन्जको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा शर्माले शय्या अभाव भएर बिरामीलाई उपचार दिन समस्या भएको चिकित्सकहरुको गुनासोपछि अस्पतालमा शयया वृद्धि गर्नुपर्ने विषयमा कुनै दुविधा नरहेको उल्लेख गर्नुभयो ।

मन्त्री डा शर्माले भन्नुभयो, “देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती रहे पनि समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने छ ।”

मन्त्री डा शर्माले कार्डियोलोजी विभागका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालबाट प्रदान हुँदै आएको डायलासिस सेवा विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

सिटी स्क्यान मेसिन अभावका कारण सेवा प्रभावित भएको चिकित्सकको गुनासोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री डा शर्माले उक्त उपकरण अत्यावश्यक रहेको र यसको व्यवस्थापनका लागि पहल गरिने विश्वास दिलाउनुभयो ।

त्यसअघि मन्त्री डा शर्माले अस्पतालका विभिन्न वार्ड, इमर्जेन्सीलगायतका विभागहरूको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले अस्पतालको सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीबारे प्रस्तुति दिँदै प्रसूति गृहको डिपीआर निर्माण भएकाले त्यसलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

भेरी अस्पतालको निरीक्षण अघि मन्त्री डा शर्माले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगन्जको सञ्जीवनी शिक्षण अस्पतालको निरीक्षण गर्नुभएको थियो । रासस