२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप क्रिकेटमा आज तीन खेल हुँदै



फोटो-आईसीसी
अ+ अ-

आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज स्कटल्यान्ड, इटाली, ओमान, जिम्बाबे, क्यानडा र दक्षिण अफ्रिका बिच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल बिहान ११.१५ बजे स्कटल्यान्ड र इटाली बिच खेल हुनेछ । समूह सी मा रहेका यी दुई टिमको खेल कोलकाताको इडेन गार्डेन रंगशालामा हुनेछ । नेपाल पनि यही समूहमा रहेको छ । यसअघि स्कटल्यान्ड टिम वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

यसैगरी दोस्रो खेल जिम्बाबे र ओमान बिच श्रीलंकाको कोलम्बोमा हुनेछ । समूह बी मा यी दुई टिमको पहिलो खेल हुनेछ र यो अपराह्न ३.१५ बजे सुरु हुनेछ ।

तेस्रो तथा अन्तिम खेल दक्षिण अफ्रिका र क्यानडा बिच भारतको अहमदाबादमा हुनेछ । समूह डी मा रहेका यी दुई टिमको यो पहिलो खेल हो । दिवारात्रि यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । एजेन्सी