१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा अमेरिका २९ रनले पराजित



अ+ अ-

आइसिसि टी–२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा विश्व च्याम्पियन भारतले कप्तान सूर्य कुमार यादव (८४ रन) को उत्कृष्ट ब्याटिङ प्रदर्शनको मद्दतले संयुक्तराज्य अमेरिकी टिमलाई २९ रनले हराएको छ ।

कसिलो बलिङ र फिल्डिङ गरेको अमेरिकी टिमले भारतमाथि दबाब राखे पनि अन्तत: भारतले जित निकालेर विश्वकप यात्रालाई सुखद बनाएको छ ।

भारतले जितका लागि १६२ रनको मध्यम लक्ष दिए पनि अमेरिकी टिमले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । स्कोरबोर्डमा १३ रन हुँदै तीन विकेट गुमाएको अमेरिकाले त्यसपछि केही सुदृढ ब्याटिङ गरे पनि त्यो पर्याप्त हुन सकेन ।

अमेरिकाका लागि मिलिन्द कुमारले ३४, संजय कृष्णमुर्थीले ३७ र शुभम रन्जनेले ३७ रन बनाएर केही चुनौती प्रस्तुत गरेका थिए । तर अन्य खेलाडी दोहोरो अंक पनि नबनाई पभेलियन फर्कन बाध्य भएका थिए ।

भारतका लागि मोहम्मद सिराजले ३, अर्सदिप सिंह र अक्षर पटेलले दुई दुई तथा वरुण चक्रवर्तीले एक विकेट लिए ।

समूह ए मा रहेको भारतले यो जितसँगै दुई अंक जोडेको छ ।

यसअघि, भारतले अमेरिकासामु जितका लागि १६२ रनको लक्ष प्रस्तुत गरेको थियो ।

समूह ए मा रहेको भारतले मुम्बईको वान्खडे रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

एक समय बोर्डमा ७७ रन हुँदा नै छ विकेट गुमाएको भारतले ११८ रन बनाउँदा सातौं तथा १४० रनमा आठौं विकेट गुमाएको थियो ।

तर भारतका लागि कप्तान सूर्य कुमार यादवले अविजित ८४ रन बनाएर टिमका लागि सम्मानजनक स्कोर खडा गरेका थिए । उनले ४ छक्का र १० चौका प्रहार गरेका थिए ।

भारतीय आक्रामक ब्याट्सम्यानहरु इशान किसनले २०, तिलक बर्माले २५ तथा अक्षर पटेलले १४ रन बनाए । तर अन्य ब्याटरहरु दोहोरो अंकमा रन समेत नबनाई पभेलियन फर्केका थिए ।

तुलनात्मक रुपमा कसिलो बलिङ र राम्रो फिल्डिङ गरेको अमेरिकाका लागि शाड्ले भान शाल्वीकले चार तथा हरमित सिंहले दुई विकेट लिएका थिए । Agency