१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताउनुभयो ।

मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिनुभयो । मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताउनुभयो । वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो ।