१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई गाली गर्ने गायिका राउतविरुद्ध जवान श्रेष्ठको उजुरी



अ+ अ-

काठमाण्डौ । आफू ड्यूटीमा रहँदा गायिका आस्था राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिनुभएको छ । श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिनुभएको हो ।

विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।

झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै राउत आक्रोशित बनेकी थिइन् ।आस्था राउतले भिडियो लाइभपछि फेसबुकमा पोस्ट लेख्दै आफू आवेगमा आएको र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी थिइन् ।