२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…

अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…
अ अ+ अ-

काठमाडौं । दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकमा रमाइलो अनुभूति पाइएको छ । 

पार्टी निकट सांस्कृतिक सङ्गठनका गायक नवीन पौडेलले आज एक औपचारिक कार्यक्रममा ‘आयो समाजवादी’ बोलको गीत गाउँदा पूर्वप्रधानमन्त्री नेपालले प्रस्तुत गरेको नृत्यले सभाहलमा भएका दर्शकलाई मनोरञ्जन मात्र दिएन, विरलै पाइने यस्तो दृश्यले जनमतबाट सरकारको नेतृत्व गरी निरङ्कुशता लाद्न प्रतिगमनकारी कदम चाल्ने जो कोहीलाई पनि राम्रो सन्देश दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा नेपाल कम्युनिष्ट पार्टी (जनवादी) आज समाहित हुनका लागि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अतिथि दिर्घामा बसेका सबै अतिथिले प्रतिगमनका विरुद्ध सामूहिकरूपमा नृत्य कला प्रदर्शन गर्नुभएको थियो । 

पूर्वप्राधानमन्त्री नेपाललाई पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले साथ दिएर नाच्दै गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कला कौशल प्रस्तुत गर्नुभयो । लोक दोहरी गायनमा अभ्यस्त मन्त्री श्रेष्ठको लचिलो नृत्यलाई सबै अतिथिले साथ दिएपछि सांस्कृतिक माहोल तातेको थियो । जनवादी पार्टीका ४५ सदस्यीय केन्द्रीय समितिसहित एक हजार १९२ जना नेकपा एकीकृत समाजवादीमा समाहित भएका उक्त कार्यक्रममा अन्य सांस्कृतिक गतिविधि गरिएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनवादी पार्टीका नेतालाई पार्टीमा स्वागत गर्दै राजतन्त्र अन्त्य भएसँगै एक वंशको शासनको निरङ्कुशता समाप्त भएको अवस्थामा एक व्यक्तिको निरङ्कुशताले प्राप्त भएका उपलब्धी सङ्कटमा परेकाले समान विचारधारा भएका कम्युनिष्ट पार्टी एकीकरण गरी जनअधिकारका साथै राष्ट्रियताको रक्षाका लागि नयाँ पार्टी स्थापना गरिएको बताउनुभयो । 

सामाजिक विकासमा समर्पित, इमान्दारी, निष्ठावान् व्यक्तिको सामूहिक अठोटले समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “विचार सही छ र उद्देश्य पवित्र छ भने जस्तोसुकै सङ्कल्प पनि पूरा हुन्छ ।” राष्ट्रिय राजनीतिको विकास क्रममा पार्टीले निर्वाह गरेको भूमिकाका कारण आफ्नो पार्टीप्रति देशैभर जनताको आकर्षण बढनुका साथै पार्टी प्रवेशमा नयाँ लहर शुरु भएको उल्लेख गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा पार्टीको सङ्गठन अब्बल रहेको तथा बागमती र १ नं प्रदेश सरकारको नेतृत्व पार्टीले गरेको प्रष्ट पार्नुभयो । 

पूर्वप्रधानमन्त्री नेपालले कसैले पनि नेकपा (एस) लाई कमजोर आकलन नगर्न चुनौती दिँदै समाजमा विद्यमान विसङ्गति, भ्रष्ट प्रवृत्तिका विरुद्ध अब युवा वर्ग क्रियाशील भई सुशासनको प्रत्याभूति गर्नुपर्ने र समग्र समस्या समाधन गर्ने सक्षमताको विकास गरी पार्टीको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले सिङ्गो मुलुकलाई सही दिशा निर्देशन गर्न खाँचो औँल्याउँदै जनताको समृद्धिलाई केन्द्रमा राखेर नेपाली परिवेशको समाजवाद विकास गरी उद्यमशीलताका माध्यमबाट उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका क्रममा समाहित भएको नेकपा(जनवादी) बाट पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले विगतमा भएका राजनीतिक परिवर्तनले जनताको आर्थिक उन्नति तथा जीवनस्तरमा सुदृढीकरण हुन नसकेकाले अब नीति निर्माण तथा कार्य योजनामा ती विषयवस्तु प्राथमिकतामा राखिने बताउनुभयो । 

पार्टीका महासचिव डा बेदुराम भुसालले कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी देशलाई समुन्नत दिशातर्फ रूपान्तरण गर्न विभिन्नमा शिरामा छरिएका वामपन्थी पार्टीलाई एकताबद्ध गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेकपा (जनवादी)का नेता डिएस महतले नेकपा (एस) को नेतृत्व निष्कलङ्कका साथै राष्ट्रवादी भएको तथा अधिकांश नेताको जीवनशैली सादगी भएकाले आफूहरु समाहित भएर राम्रो पार्टी निर्माणमा योगदान गर्ने विचार व्यक्त गर्नुभयो ।