१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यू–१९ एसिया कप क्रिकेटः कुवेतद्वारा नेपाल एक विकेटले पराजित



अ+ अ-

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ । नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले उक्त लक्ष्य सात बल बाँकी छँदै नौ विकेट गुमाएर पूरा गर्यो । 

कुवेतको जितमा कप्तान मीत भावसर नायक सावित भए । भावसर एक्लैले अविजित रहँदै १७५ रन बनाए । प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकीरहे । भावसरलाई पवेलियन फर्काउन बलर असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो । 

त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो । नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६१ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए । मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे । यस्तै शेर मल्लले २१, दिपेश कँडेलले १५ तथा अर्जुन साउदले १० रन बनाए । 

बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन/तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई/दुई विकेट लिए । 

दुई सय ४० रनको विजयी लक्ष्य कुवेतले ४८ दशमलव पाँच ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान भावसरले अविजित १७५ रन बनाउने क्रममा १४९ बलको सामना गरे । यस क्रममा उनले एक छक्का र २४ चौका प्रहार गरे । यस्तै जुदे सल्दन्हाले २५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । कुवेतले नेपालका बलरबाट २५ अतिरिक्त रन पाएको थियो । 
  
बलिङतर्फ नेपालका गुल्सन झाले तीन तथा विवेक यादव, शेर मल्ल र बसिर अहमदले दुई/दुई विकेट लिए । कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघिका खेलमा नेपाल बङ्गलादेश र श्रीलङ्कासित पराजित भएको थियो । 

आजको खेलमा विजयी भएपनि कुवेत पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ । उसले यसअघिका दुई खेलमा पराजय बेहोरेको थियो । नेपाल रहेको समूह ‘बी’बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र युएई बाहिरिएका छन् ।