२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

एसिसी यू–१९ एसिया कप क्रिकेटः कुवेतद्वारा नेपाल एक विकेटले पराजित

एसिसी यू–१९ एसिया कप क्रिकेटः कुवेतद्वारा नेपाल एक विकेटले पराजित
अ अ+ अ-

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ । नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले उक्त लक्ष्य सात बल बाँकी छँदै नौ विकेट गुमाएर पूरा गर्यो । 

कुवेतको जितमा कप्तान मीत भावसर नायक सावित भए । भावसर एक्लैले अविजित रहँदै १७५ रन बनाए । प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकीरहे । भावसरलाई पवेलियन फर्काउन बलर असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो । 

त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो । नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६१ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए । मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे । यस्तै शेर मल्लले २१, दिपेश कँडेलले १५ तथा अर्जुन साउदले १० रन बनाए । 

बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन/तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई/दुई विकेट लिए । 

दुई सय ४० रनको विजयी लक्ष्य कुवेतले ४८ दशमलव पाँच ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान भावसरले अविजित १७५ रन बनाउने क्रममा १४९ बलको सामना गरे । यस क्रममा उनले एक छक्का र २४ चौका प्रहार गरे । यस्तै जुदे सल्दन्हाले २५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । कुवेतले नेपालका बलरबाट २५ अतिरिक्त रन पाएको थियो । 
  
बलिङतर्फ नेपालका गुल्सन झाले तीन तथा विवेक यादव, शेर मल्ल र बसिर अहमदले दुई/दुई विकेट लिए । कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघिका खेलमा नेपाल बङ्गलादेश र श्रीलङ्कासित पराजित भएको थियो । 

आजको खेलमा विजयी भएपनि कुवेत पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ । उसले यसअघिका दुई खेलमा पराजय बेहोरेको थियो । नेपाल रहेको समूह ‘बी’बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र युएई बाहिरिएका छन् ।