१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुन: सञ्चालनमा



अ+ अ-

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो । सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा शुरु गरिएको स्थानीय सेते तिलिजाले जानकारी दिए।

अनिच्छितरुपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने सुविधा छ । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार पुनको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा आइपास नेपालकी जिल्ला संयोजक थमकुमारी कुँवरले गर्भपतनसम्बन्धी कानूनी प्रावधानको बारेमा जानकारी गराएका थिए । स्वास्थ्यचौकीका प्रमुख तुलबहादुर रन्तिजा र डिलकुमारी पाइजाले सेवाको बारेमा बताउनुभएको थियो ।