१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका राउतविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी हुने



अ+ अ-

काठमाडौं । प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा राउतले गत बुधबार महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

मुद्दा दर्ता भएसंगै अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुने परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । प्रमुख जिल्ला अधिकारीले गायिका राउतलाई अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न वा एक वर्षसम्म जेल सजायको व्यवस्था गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।