२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून



अ+ अ-

काठमाडौं । जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अध्ययन गरी छलफल गर्ने भएको छ ।

आइतबार काठमाडौंमा बसेको समतिको बैठकले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने जनाएको हो । समितिका सदस्यहरुले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो । उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागि नगराइएको तथा काम गर्दा समेत सुरक्षाका कुनै मापदण्ड पुरा नगरेको पाइएकाले समितिले थप अध्ययन गरि प्रतिवेदन पेश गर्न समिति सदस्य प्रकाश रसाईली स्नेहीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सोही अनुसार उपसमितिले अध्ययन गरी संयोजक रसाईलीले आइतबारको बैठकमा प्रतिवेदन पेश गर्नुभएको समिति सभापति बिमलप्रसाद श्रीवास्तवले बताउनुभयो । उहाँले उक्त प्रतिवेदनमाथि थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समेत बताउनुभयो ।

उपसमितिले बुझाएको प्रतिवेदनमा जगदम्बा स्टिल उद्योगमा नेपाली कर्मचारी तथा कामदारहरुलाई प्राथमिकता नदिएको, औद्योगिक क्षेत्रको सञ्चालनमा प्रयाप्त स्थानको कमी देखिएको र कामदारहरुको जोखिम न्युनिकरणका लागि कुनै व्यवस्था नगरिएको उल्लेख छ ।




भर्खरै