१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी



अ+ अ-

चितवन । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए ।

आफ्नै जिल्लामा प्रदेशको राजधानीसमेत नभएपछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त बुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन् । माडी नगरपालिका–७ निवासी महदत्त काफ्लेले जोडिएको जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा चितवनवासीलाई राम्रो भएको भन्दै खुशी प्रकट गर्नुभयो । पूर्वी चितवनको भण्डाराका अनुपम अधिकारीले जिल्ला फरक परे पनि सिमाना जोडिएकाले मकवानपुर राजधानी हुनु चितवन भए जस्तै भएको बताउनुभयो ।

चितवन क्षेत्र नं २ का सङ्घीय सांसद कृष्णभक्त पोख्रेल हेटौँडादेखि दाउन्नेबारीसम्मको भूभागलाई जोडेर एउटै शहर बनाउनुपर्ने भन्दै मकवानपुर राजधानी हुनु चितवनवासीका लागि सुखद रहेको बताउनुहुन्छ । मकवानपुर सानो क्षेत्र भएको भन्दै उहाँले सिमाना जोडिएको चितवनले प्रशस्त सम्भावना बोकेकाले राजधानीको लाभ लिन सक्ने तर्क गर्नुभयो ।

राजधानी आउने व्यक्ति बस्ने पर्यटकीय गन्तव्यदेखि विमानस्थलसम्म चितवनमा नै रहेको छ । चितवनको सदरमुकाम भरतपुरबाट राम्रो बाटो बन्दा एक घण्टाको दूरीमा प्रदेश राजधानी हेटौँडा पुग्न सकिन्छ । विश्वका ठूला देशहरुको राजधानीबाट छिमेकमा ठूला शहरहरु बनेको भन्दै त्यो सम्भावना चितवनले बोकेको उहाँको भनाइ छ ।

मकवानपुरलाई प्रदेशको स्थायी राजधानी बनाउन पहल गर्दै आउनुभएकी प्रदेशसभा सदस्य गीता वाग्ले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको एकताले मकवानपुर राजधानी बनेकामा जिल्लावासी खुशी भएको बताउनुहुन्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अस्थायी राजधानी तय गरेको अहिलेको नेकपाका सांसदले राजधानी प्रस्ताव गरेको र काँग्रेस सांसदले राजधानीमा समर्थन गर्दै वाग्मती प्रदेश प्रस्ताव गरेको भन्दै वाग्लेले सबैको साझा राजधानी बन्न सक्नु खुशीको कुरा रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार भूगोलको हिसाबले अन्यत्रै राम्रो हुन सक्ने भए पनि सङ्घीयताको मर्मअनुसार मकवानपुर राजधानीका लागि उपयुक्त भएको बताउनुभयो । छिमेकी जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा आफ्नै जिल्लामा राजधानी भएको आभास यहाँका बासिन्दालाई भएको उहाँको भनाइ छ ।

चितवनलाई नै राजधानी बनाउन नसक्दा यहाँको बासिन्दाको पहिलो रोजाइ मकवानपुर हुनु स्वाभाविक भएको उहाँको तर्क छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ चितवनलाई वैकल्पिक सङ्घीय राजधानीका रुपमा सम्भावना बोकेको जिल्ला भन्ने गरिएको भन्दै यो जिल्ला राजधानी हुन नपाउँदा छिमेकी जिल्ला हुनु यसका लागि राम्रो भएको बताउनुहुन्छ ।

उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशका उपाध्यक्ष राजन गौतम भौगोलिक हिसाबले मकवानपुर उपयुक्त नभए पनि राजधानी बनिसकेकाले यसको प्रत्यक्ष लाभ मकवानपुरपछि चितवनले लिने बताउनुहुन्छ । सङ्घीय प्रणालीमा भएकाले धेरै अपेक्षा नभए पनि व्यावसायिक रुपमा यसको लाभ चितवनलाई पनि हुने उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठ छिमेकी जिल्ला मकवानपुरमा राजधानी हुँदा यहाँको उद्योग–व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने बताउनुहुन्छ । प्रशासनिक कामदेखि अन्य व्यावसायिक कामहरुमा दूरीको हिसाबले पनि चितवनवासीलाई निकै सहज भएको श्रेष्ठको बुझाइ छ ।